श्री करुणामय मछिन्द्रनाथको रथको बिशेषता यसप्रकार छन् । रथको चार पांग्रामा करुणामय नेपाल ल्याउन सहयोगको लागी गुरु बन्धुदत्त बज्राचार्य द्धारा आह्वान गरिएका चार भैरवहरु हरिसिद्धि ,हयगृव, नन्दकुन्द र लुप्तसंहार रहेका हुन्छन् । रथको धमा , अगाडीका बांगो काठमा , कर्कोटक नागराज रहेको हुन्छ । तर नागराजले आफ्नो गला ठुलो भएकाले लाज लागेको भनेपछि कपडामा बिघ्नान्तक लेखी उनलाई आह्वान गरि नागराजको गला छोपीएको हुन्छ । हाल कपडाको ठाँउमा उनको मुर्ती राखिएको छ । ३२ लक्षण स्वरुप रथ ३२ हातको बनाइएको हुन्छ । तेह्र भुवनको प्रतिक को रुपमा तेह्र खण्ड हुन्छ । श्री लोकनाथको गुरु, ध्यान मुद्रामा बसेको अमिताभ बुद्ध, कमलको प्रतिक, बायमो ढकीमा बिराजमान गराई त्यस माथि परम महागुरु बज्रसत्व बिराजमान गराइएको हुन्छ ।फेरी लोक कल्याणको उद्देश्यले षडक्षरी मन्त्र भएको ध्वजा राखिएको हुन्छ । बासुकी, शेष आदि नागराजाहरु लाई रथको दाँया , बाँया र अगाडीको डोरीमा आह्वान गरी राखीएको हुन्छ ।
Friday, May 12, 2017
करुणामय जात्रा
श्री करुणामय जात्रा
ललितपुर जिल्ला का साथै उपत्यकाकै प्रमुख जात्राको रुपमा श्री रातो मछिन्द्रनाथ , करुणामय र जताधारी लोकेश्वर मीननाथको रथजात्रा लाई लिइन्छ । यस जात्राको बारेमा संक्षेपमा जानकारी दिने प्रयाश गर्दैछु । नेपालमा १२ बर्ष सम्म भएको अनाबृष्टि तथा अनाबृष्टि ले गर्दा उत्पन्न अनिकाल , महामारी , हाहाकार हटाउन तत्कालीन भक्तपुरको राजा , काठमाडौंको गुरु बन्धुदत्त , पाटनको रथचक्र किशान भरीया , बाटोमा भेटिएको कर्कोटक नागराजा र पछि आह्वान गरिएका चार भैरवहरु सहित भएर कामरुप कामाक्ष बाट श्री करुणामयलाई नेपाल ल्याइएको हो भन्ने किम्वदन्ती पाइन्छ । श्री करुणामयको नेपाल आगमन पछि जल बृष्टि भई धानभित्र चामल उत्पन्न भएको हो भन्ने भनाई छ । यसकारण यस देवटालाई बर्षा तथा सहकालको देवटा भनी चिनिन्छन ।
रथ जात्राको शुरुवाट करुणामयको महास्नान बाट शुरु हुन्छ । त्यसपछि बिभिन्न पुजाआजाहरु तथा अन्य प्रकृयाहरु नियम पूर्वक चलिरहन्छ । बिशेष गरी बैशाख कृष्ण औशीको दिन (आमाको मुख हेर्ने दिन) साँझपख कटुवाल दहमा जव पानेजु , मलिनी , सुवा सहित भक्तजनहरु रातमा बास बस्न जान्छन । भोली पल्ट अर्थात बैशाख शुक्ल प्रतिपदा को दिन बिशेष पुजा आजा गरी बागमती नदीमा फुल बगाई कलशमा थापी करुणामयलाई साधन गरी , उक्त कलश सहित सबैजना त्यहाबाट पैदलै आई पाटन तहबहाल स्थीत मछिन्द्रनाथको मन्दिरमा पुगी मन्दिर भित्र पानेजु बज्राचार्य ले बिशेष पुजा सकाएपछि मछिन्द्रनाथलाई खटमा बिराजमान गराई बाजा गाजा सहित पुल्चोकमा नव निर्मित रथमा बिराजमान गराइन्छ । रथभित्र करुणामयको दाँया बस्ने जव पानेजु , बाँया बस्ने खव पानेजु र बाहिर बस्ने र अन्य कामहरुमा सहयोग गर्ने चारजना भायोहरु ( सहयोगीहरु ) हुन्छन । करुणामयलाई रथमा बिराजमान गराइएको चौथो दिन अर्थात बैशाख शुक्ल चौथीको साँझ करिव ४ देखि ५ बजे तीर गुरुजुको पल्तन ,राजाको प्रतिनिधी तरवार कुमारीका , साथमा बिभिन्न बाजागाजा को साथमा होस्ते हैसे गर्दै बिशाल भक्तजनहरुको उल्लासमय उपस्थितीका साथ रथलाई तानेर गाहाबाहालमा पु¥याइन्छ । मछिन्द्रनाथको रथलाई स्वागत गर्न जताधारी लोकेश्वरको रथ पहिले नै जेष्ठबर्ण माहाबिहार अगाडीबाट तानेर पुल्चोक ल्याइएको हुन्छ । दुबै रथ तानेर गाहाबहाल पु¥याइएपछि करुणामयको रथ पुर्वाभिमुख गरिएको हुन्छ भने चोकवा द्यो ( मिननाथ) को रथलाई दक्षिण तिर फर्काइन्छ ।
भोलीपल्ट साझ पख रथहरुलाई तानेर मंगलबजार पु¥याइन्छ । पहिले पहिले सिधै सुन्धारा पु¥याउने गरिन्थ्यो भने , बिगत केही बर्षदेखि मंगलबजारमा रोक्ने गरिएको छ । भोली पल्ट रथहरुलाई तानेर सुन्धारा पु¥याइन्छ । सुन्धारामा करुणामयको रथलाई पश्चिमाभिमुख गराइन्छ भने मिननाथलाई दक्षिणाभिमुख गराइन्छ । भोली पल्ट सुन्धारमा भुज्या मनाइन्छ । उक्त दिन उक्त क्षेत्रका बासिन्दाहरुले दिन भर बिभिन्न बाजा गाजा सहित देवता हरुको पुजा अर्चना गर्नुका साथ पाहुनाहरु बोलाई भोज गर्छन ।
भोली पल्ट सुन्धाराबाट रथहरुलाई तानेर थैना बालकुमारीमा पु¥याइन्छ । पहिले पहिले सिधै लगनखेल तर्फ तान्ने गरिन्थ्यो हाल बिगत केही बर्ष देखि बालकुमारीमा रोक्ने गरिएको छ । भोलीपल्ट बालकुमारी बाट तानेर लगनखेलमा करुणामय मछिन्द्रनाथको आमा मानिएको रुख लाई एक परिक्रमा गराई करुणामयको रथलाई उत्तरा भिमुख र मिननाथलाई पश्चिमाभिमुख गराइन्छ । भोली पल्ट त्यसै राखिन्छ । अर्को दिन रथहरुलाई माँ सिमामा दुई पल्ट परिक्रमा गराई थट्टिटोलको नरिवल खसाल्ने निश्चित स्थानहरुमा लगेर बिश्राम गरिन्छ । भोली पल्ट नरीवल खसाल्ने जात्रा हुन्छ । त्यसको भोली पल्ट याक मिसाया भुज्या अन्तर्गत बिहान सबैरै महिलाहरुले मात्र रथ तानेर थट्टीटोलको चौबाटोमा पु¥याइन्छ । उक्त स्थानमा पु¥याइएपछिको पहिलो उपयुक्त बिहिबार पारेर मंगलबजारको दरबार क्षेत्रमा रहेको मणिफल्चा ( पाटी ) मा बिहान गुठी संस्थानको प्रतिनधी को रोहबरमा चार जोतिष्यहरुको छलफलमा उत्तम शुभ साइतमा मछिन्द्रनाथ तान्ने निर्णय गरीन्छ । उक्त निर्णय त्यहा उपस्थित भक्तजनहरुलाई पनि पढेर सुनाइन्छ । करुणामय र मीननाथको रथ जावलाखेलमा तान्नु भन्दा अगाडी जव पानेजु ( दायाँ बस्ने पानेजु ) , पानेजु बज्राचार्य सहितका आवश्यक ब्यक्तीहरु किर्तीपुर गई त्यहा घुम्न गएको करुणामयलाई फर्काएर ल्याउने कार्य गरिन्छ । यसपछि साइत निकालीएको दिनमा थट्टीटोल बाट जावलाखेल तर्फ रथ तानीन्छ । मछिन्द्रनाथको रथलाई पश्चिमाभिमुख गरी निश्चित स्थानमा बनाइएको सानो खाल्डोमा बिराजमान गराइन्छ भने मिननाथको रथलाई पनि पश्चिमाभिमुख गराई निश्चित स्थानमा बिराजमान गराइन्छ । जावलाखेलमा रथहरु पुगेको चौथो दिनमा भोटो जात्रा हुन्छ त्यस भन्दा अघिल्लो रातमा (नकी खाकेगु) अर्थात पानेजुहरुको पत्नीहरुमा देवी जगाई करुणामय हरण गरी लिन आएका यक्षगणहरुलाई भगाउने प्रतिक गरी मनाइन्छ । भोटो जात्राको दिन राष्ट्राध्यक्ष, कुमारी , गुरुजु पल्तन लगायत बिशाल भक्तजनहरुको उपस्थितीमा नागलोकको बस्त्र कर्कोटक नागराजाले संम्पूर्ण संसारलाई देखाउनु भनी आदेश दिए बमोजीम रथको चारैदिशा बाट तीन पल्ट देखाउने कार्य गरिन्छ । त्यसपछि श्री करुणामय लाई खटमा राखी खतलाई तोकीएका पानेजुहरुले बोकी बाजा गाजा सहित बुंगमती लगिन्छ । उक्त समयमा बुंगमतीका संम्पूर्ण भक्तजनहरु छ्वालीको चिराख बनाई , छ्वाली बालेर लीन आए भनी मौखिक रुपमा बिगुलको आवाज ( पेभौ ) निकाली भब्य रुपमा उज्यालो बनाई स्वागत गर्न आउछन र बच्चा देखि जवान , बृद्ध देखि सबै उमेरका पुरुष महिलाहरुले आगो बाली करुणामयको स्वागत गरी बुंगमती मछिन्द्रबहाल स्थीत मन्दिरमा बिराजनमान गराइन्छ । करुणामय लाई उक्त मन्दिरमा बिराजमान गराइएको चौथो दिनमा ( प्यनु बिचा ) अर्थात चार दिनको हेरबिचार सोध खबर गर्न जाने भनी पाटन लगायत अन्य स्थानका असंख्य भक्तजनहरु बुंगमती स्थीत करुणामयलाई दर्शन भक्तीभाव गर्न जान्छन । यसरी नेपालको महत्वपुर्ण सबैभन्दा लामो मानीएको जात्रा समाप्त हुन्छ भने पानेजुहरुले करुणामय तथा भैरवनाथ लाई गरिने बिभिन्न पुजाहरु बर्षभर चलिनैरहन्छ ।
श्री करुणामयको रथ जात्रा बाह्र बर्षमा एकचोटी बुंगमतीमा रथ बनाई बुगमतीबाट रथ तानी पाटनमा ल्याई साबिक बमोजिमको जात्राहरु गरी बुंगमतीको जावलाखेलमा लगी भोटो देखाई उक्त स्थानबाट खतमा राखि जात्रा गरी मन्दिरमा बिराजमान गराइन्छ । बाह्र बर्षे रथजात्रामा पाटनको जावलाखेल र बुंगमतीको जावलाखेलमा गरी गरी दुई पल्ट भोटो जात्रा हुन्छ । बाह्रबर्षे जात्रा अन्र्तगत करुणामयको रथलाई नख्खु खोला तार्ने जात्रामा पनि बिशेष महत्वका साथ उल्लेख्य मात्रामा दर्शनार्थीहरुको उपस्थिती रहन्छ ।
श्री जटाधारी लोकेश्वर
श्री जटाधारी लोकेश्वर ललितपुर पाटनको एक प्रमुख देवटाको रुपमा मानिन्छन । श्री करुणामय रातो मछिन्द्रनाथको रथ जात्रा संगै यसको रथ जात्रागरिन्छ । यस जटाधारी लोकेश्वर बारेमा संक्षेपमा यस प्रकारको किंम्वदन्ती पाइन्छ । द्रापर युगको अन्तिम बेलामाश्री मति देशमान्यायप्रेमीधर्मात्मा राजा बृष देवले शासनगर्दथ्यो । अचानक राजालाई अज्ञात रोग लागेछ । त्यस समयमायमदुतहरुले राजाको प्राण हरेर यमलोकमालगिरहेको अबस्थामायमलोकको दक्षिण दिशातिर पापीहरुलाई नरक भोग गराई राखेको राजा बृषदेवले देखेछ । पहिले मनुष्यजुनीमादाननगरी कपटी भएकाहरुलाई पेट चाहीनिकै ठूलो हातखुट्टाहरु निकै सानाखाने मुखचाँहीसियो प्वाल जस्तो सानो गराई भोक प्यासले बेहालबनाई राखेको देखेछ । त्यस स्थानमा एक लोकेश्वर प्रकट भई आफ्नो दायाँबायाँहातकाऔलातथा जटा अर्थात केशबाट अमृत रुपीजलधारा निकालीतीपापीहरुलाई तृप्त गराई उद्धार गरेको देखेछ । यसै गरी तीलोकेश्वरले अन्यबिभिन्नपापीहरुलाई पनिबिभिन्नतरिकाबाट उद्धार गरेपछि यमदुतहरु सवै त्रसितभई यमराजलाई सवै कुराको जानकारी दिएछ । यमराजले ध्यान दृष्टिले हेरी जटाधारी लोकेश्वरले गरेको थाहापाई लोकेश्वर समक्षगई पुजाआजा स्तोत्र गरेपछि क्षणभरमै लोकेश्वर अन्र्तध्यान भएछ । यता बृषदेवलाई यमदुतहरुले ल्याएको देखेर यमराजले यस धर्मात्मा राजाको आयु सकेको छैन तिमीहरुले किनअसमयमै ल्यायौ यसको शरिर जलाउनु अघि नै छिटो फीर्ता लग भनेछ । उता राजाको मृत्युले शोकाकुलतथाअन्तिम संस्कारका सामानजोरजाम गरी सबै भाइभारदार जनसमुदायजम्माभई रहेको बेलायमदुहरुले आकाशमार्ग बाट आई प्राण प्रतिस्था गरेपछि राजा बृषदेव जिवित भएछ । यस घटना बाट सबैजनाअचम्मभई राजा संग यो कसरी भयो भनी सोधेछ ।
राजाले सब जनसमुदाय समक्षआफूले देखे भोगेको बृतान्त सुनाएछ । राजाको कुरा सुनीजनसमुदायले तपाईले देख्नु भएको लोकेश्वरको रुपको बयानगर्न आग्रह गरेपछि राजाले पद्यपाणी जटाधारी लोकेश्वरको मूर्ती बनाई दिएछ । सबै लोक जनले दर्शन गरी दरबारको चोकमा अनेक पुजा गरी स्थापना गरी दिएछ । यसरी लोकेश्वरको स्थापना गरी नित्य सेवागर्दा गदै कालगतिले निर्वाण भएछ । यस पछि उक्त देशमा राजाको भाई बालार्चनले राज्य संचालन गरेछ । बालार्चनले लोकेश्वरको भक्ती गरेपनि पूर्ण रुपमागर्न नसकेकाकारण देशमाकोप भएछ । बटुक भैरवले बिरालोको रुप लिई नवजातशिशुहरुलाई मुखले च्यापी रुखको हाँगाको कापमा राखेर आफू सहितबालकहरु समेत अलप गराइदिएछन । यसकारण जनताहरु त्रसितभई देश छोडेर गएछ । प्रजालोक नभएपछि आफू एक्लै मात्र बस्न मन नलागेकोले बालार्चन जटाधारी लोकेश्वरलाई बोकेर चक्रबर्ण महाबिहार चुक बहालमा बस्न थाले । जटाधारी लोकेश्वरलाई यस बिहारमा बस्न मन नभएकाले राजालाई सपनामातिमीले नित्यपुजा गरेको बखत एउटा भंगेरा आई चामलखानेछ र खाएपछि उडेर जहाँ बस्छ त्यहा मेरो लागीबिहार बनाई दिनु भनेछ । भोली पल्ट सपनामाभने जस्तै एउटा भँगेराले चामलखाई उत्तर दिशामाउडेर गई एउटा चउरमागई एकछिन बसी उडेछ । यस स्थानमाचिन्ह राखी राजाले संम्पूर्ण बन्दोबस्त गरी मन्दिर निर्माण गराई लोकेश्वरलाई स्थापना गरीदिएछ ।भँगेरा रुप लिई बिहार बनाउनलगाएकोले यस देवतालाई चखुं बाहा देव ( नेवारीमाचखुंको अर्थ भँगेरा हो ) भनिएको हो । हालअपभं्रस भई चाक्वा द्यो , चोक्वा द्यो भनिन्छ ।
यसपछि यस देवटाको रथजात्रा चलाएपछि देशमाचारै तर्फबाट फलिफाप भएछ । यसको धेरै कालखण्ड पछि पाटनमा करुणामय मछिन्द्रनाथ कामारुकामाक्षबाट ल्याई सकेपछि यहाँभएका सातवटा रथजात्राहरु हताई मछिन्द्रनाथको रथ जात्रामात्रचलाउनको लागी गुरु बन्धुदत्तबज्राचार्यले चैत्यमा देवटाहरुलाई आह्वानगर्दा सबै देवहरु राजीभई आएछन तर जटाधारी लोकेश्वरले क्रोधले चैत्यनै चर्काइ दिएछ । यो देखि बन्धुदत्त बज्राचार्यले जटाधारी लोकेश्वरको रथ जात्रा हटाउन नमिल्ने रहेछ भनी बुझी मछिन्द्रनाथको रथ भन्दा पहिले जटाधारी लोकेश्वरको रथ पहिले तान्ने त्यसपछि मात्र करुणामयको रथ तान्ने हिसावले रथ जात्रा चलाएछ ।