Friday, May 12, 2017

रथको बिशेषता

श्री करुणामय मछिन्द्रनाथको रथको बिशेषता यसप्रकार छन् । रथको चार पांग्रामा करुणामय नेपाल ल्याउन सहयोगको लागी गुरु बन्धुदत्त बज्राचार्य द्धारा आह्वान गरिएका चार भैरवहरु हरिसिद्धि ,हयगृव, नन्दकुन्द र लुप्तसंहार रहेका हुन्छन् । रथको धमा , अगाडीका बांगो काठमा , कर्कोटक नागराज रहेको हुन्छ । तर नागराजले आफ्नो गला ठुलो भएकाले लाज लागेको भनेपछि कपडामा बिघ्नान्तक लेखी उनलाई आह्वान गरि नागराजको गला छोपीएको हुन्छ । हाल कपडाको ठाँउमा उनको मुर्ती राखिएको छ । ३२ लक्षण स्वरुप रथ ३२ हातको बनाइएको हुन्छ । तेह्र भुवनको प्रतिक को रुपमा तेह्र खण्ड हुन्छ । श्री लोकनाथको गुरु, ध्यान मुद्रामा बसेको अमिताभ बुद्ध, कमलको प्रतिक, बायमो ढकीमा बिराजमान गराई त्यस माथि परम महागुरु बज्रसत्व बिराजमान गराइएको हुन्छ ।फेरी लोक कल्याणको उद्देश्यले षडक्षरी मन्त्र भएको ध्वजा राखिएको हुन्छ । बासुकी, शेष आदि नागराजाहरु लाई रथको दाँया , बाँया र अगाडीको डोरीमा आह्वान गरी राखीएको हुन्छ ।

No comments:

Post a Comment