Friday, May 12, 2017

करुणामय जात्रा

श्री करुणामय जात्रा
ललितपुर जिल्ला का साथै उपत्यकाकै प्रमुख जात्राको रुपमा श्री रातो मछिन्द्रनाथ , करुणामय र जताधारी लोकेश्वर मीननाथको रथजात्रा लाई लिइन्छ । यस जात्राको बारेमा संक्षेपमा जानकारी दिने प्रयाश गर्दैछु । नेपालमा १२ बर्ष सम्म भएको अनाबृष्टि तथा अनाबृष्टि ले गर्दा उत्पन्न अनिकाल , महामारी , हाहाकार हटाउन तत्कालीन भक्तपुरको राजा , काठमाडौंको गुरु बन्धुदत्त , पाटनको रथचक्र किशान भरीया , बाटोमा भेटिएको कर्कोटक नागराजा र पछि आह्वान गरिएका चार भैरवहरु सहित भएर कामरुप कामाक्ष बाट श्री करुणामयलाई नेपाल ल्याइएको हो भन्ने किम्वदन्ती पाइन्छ । श्री करुणामयको नेपाल आगमन पछि जल बृष्टि भई धानभित्र चामल उत्पन्न भएको हो भन्ने भनाई छ । यसकारण यस देवटालाई बर्षा तथा सहकालको देवटा भनी चिनिन्छन ।
रथ जात्राको शुरुवाट करुणामयको महास्नान बाट शुरु हुन्छ । त्यसपछि बिभिन्न पुजाआजाहरु तथा अन्य प्रकृयाहरु नियम पूर्वक चलिरहन्छ । बिशेष गरी  बैशाख कृष्ण औशीको  दिन (आमाको मुख हेर्ने दिन) साँझपख कटुवाल दहमा जव पानेजु ,  मलिनी , सुवा सहित भक्तजनहरु रातमा बास बस्न जान्छन । भोली पल्ट अर्थात बैशाख शुक्ल प्रतिपदा को दिन  बिशेष पुजा आजा गरी बागमती नदीमा फुल बगाई कलशमा थापी करुणामयलाई साधन गरी , उक्त कलश सहित सबैजना त्यहाबाट पैदलै आई पाटन तहबहाल स्थीत मछिन्द्रनाथको मन्दिरमा पुगी मन्दिर भित्र पानेजु बज्राचार्य ले बिशेष पुजा सकाएपछि मछिन्द्रनाथलाई खटमा बिराजमान गराई बाजा गाजा सहित पुल्चोकमा नव निर्मित रथमा बिराजमान गराइन्छ । रथभित्र करुणामयको दाँया बस्ने जव पानेजु , बाँया बस्ने खव पानेजु र बाहिर बस्ने र अन्य कामहरुमा सहयोग गर्ने चारजना भायोहरु ( सहयोगीहरु ) हुन्छन । करुणामयलाई  रथमा बिराजमान गराइएको चौथो दिन अर्थात बैशाख शुक्ल चौथीको साँझ करिव ४ देखि ५ बजे तीर गुरुजुको पल्तन ,राजाको प्रतिनिधी तरवार कुमारीका , साथमा बिभिन्न बाजागाजा को साथमा होस्ते हैसे गर्दै बिशाल भक्तजनहरुको उल्लासमय उपस्थितीका साथ रथलाई तानेर गाहाबाहालमा पु¥याइन्छ । मछिन्द्रनाथको रथलाई स्वागत गर्न जताधारी लोकेश्वरको रथ पहिले नै जेष्ठबर्ण माहाबिहार अगाडीबाट तानेर पुल्चोक ल्याइएको हुन्छ । दुबै रथ तानेर गाहाबहाल पु¥याइएपछि करुणामयको रथ पुर्वाभिमुख गरिएको हुन्छ भने चोकवा द्यो ( मिननाथ) को रथलाई दक्षिण तिर फर्काइन्छ ।
भोलीपल्ट साझ पख रथहरुलाई तानेर मंगलबजार पु¥याइन्छ । पहिले पहिले सिधै सुन्धारा पु¥याउने गरिन्थ्यो भने , बिगत केही बर्षदेखि मंगलबजारमा रोक्ने गरिएको छ । भोली पल्ट रथहरुलाई तानेर सुन्धारा पु¥याइन्छ ।  सुन्धारामा करुणामयको रथलाई पश्चिमाभिमुख गराइन्छ भने मिननाथलाई दक्षिणाभिमुख गराइन्छ । भोली पल्ट सुन्धारमा भुज्या मनाइन्छ । उक्त दिन उक्त क्षेत्रका बासिन्दाहरुले दिन भर बिभिन्न बाजा गाजा सहित देवता हरुको पुजा अर्चना गर्नुका साथ पाहुनाहरु बोलाई भोज गर्छन ।
भोली पल्ट सुन्धाराबाट रथहरुलाई तानेर थैना बालकुमारीमा पु¥याइन्छ । पहिले पहिले सिधै लगनखेल तर्फ तान्ने गरिन्थ्यो हाल बिगत केही बर्ष देखि बालकुमारीमा रोक्ने गरिएको छ । भोलीपल्ट बालकुमारी बाट तानेर लगनखेलमा करुणामय मछिन्द्रनाथको आमा मानिएको रुख लाई एक परिक्रमा गराई करुणामयको रथलाई उत्तरा भिमुख र मिननाथलाई पश्चिमाभिमुख गराइन्छ । भोली पल्ट त्यसै राखिन्छ । अर्को दिन रथहरुलाई माँ सिमामा दुई पल्ट परिक्रमा गराई थट्टिटोलको नरिवल खसाल्ने निश्चित स्थानहरुमा लगेर बिश्राम गरिन्छ । भोली पल्ट नरीवल खसाल्ने जात्रा हुन्छ । त्यसको भोली पल्ट याक मिसाया भुज्या अन्तर्गत बिहान सबैरै महिलाहरुले मात्र रथ तानेर थट्टीटोलको चौबाटोमा पु¥याइन्छ । उक्त स्थानमा पु¥याइएपछिको पहिलो उपयुक्त बिहिबार पारेर मंगलबजारको दरबार क्षेत्रमा रहेको मणिफल्चा  ( पाटी ) मा बिहान गुठी संस्थानको प्रतिनधी को रोहबरमा चार जोतिष्यहरुको छलफलमा उत्तम शुभ साइतमा मछिन्द्रनाथ तान्ने निर्णय गरीन्छ । उक्त निर्णय त्यहा उपस्थित भक्तजनहरुलाई पनि पढेर सुनाइन्छ । करुणामय र मीननाथको रथ जावलाखेलमा तान्नु भन्दा अगाडी जव पानेजु ( दायाँ बस्ने पानेजु ) , पानेजु बज्राचार्य सहितका आवश्यक ब्यक्तीहरु किर्तीपुर गई त्यहा  घुम्न गएको करुणामयलाई फर्काएर ल्याउने कार्य गरिन्छ ।  यसपछि साइत निकालीएको दिनमा थट्टीटोल बाट जावलाखेल तर्फ रथ तानीन्छ । मछिन्द्रनाथको रथलाई पश्चिमाभिमुख गरी निश्चित स्थानमा बनाइएको सानो खाल्डोमा बिराजमान गराइन्छ भने मिननाथको रथलाई पनि पश्चिमाभिमुख गराई निश्चित स्थानमा बिराजमान गराइन्छ । जावलाखेलमा रथहरु पुगेको चौथो दिनमा भोटो जात्रा हुन्छ त्यस भन्दा अघिल्लो रातमा  (नकी खाकेगु) अर्थात पानेजुहरुको पत्नीहरुमा देवी जगाई करुणामय हरण गरी लिन आएका यक्षगणहरुलाई भगाउने प्रतिक गरी मनाइन्छ । भोटो जात्राको दिन राष्ट्राध्यक्ष, कुमारी , गुरुजु पल्तन लगायत बिशाल भक्तजनहरुको उपस्थितीमा नागलोकको बस्त्र कर्कोटक नागराजाले संम्पूर्ण संसारलाई देखाउनु भनी आदेश दिए बमोजीम रथको चारैदिशा बाट तीन पल्ट देखाउने कार्य गरिन्छ । त्यसपछि श्री करुणामय लाई खटमा राखी खतलाई तोकीएका पानेजुहरुले बोकी बाजा गाजा सहित बुंगमती लगिन्छ । उक्त समयमा बुंगमतीका संम्पूर्ण भक्तजनहरु छ्वालीको चिराख बनाई , छ्वाली बालेर लीन आए भनी मौखिक रुपमा बिगुलको आवाज  ( पेभौ ) निकाली भब्य रुपमा उज्यालो बनाई स्वागत गर्न आउछन र बच्चा देखि जवान , बृद्ध देखि सबै उमेरका पुरुष महिलाहरुले आगो बाली करुणामयको स्वागत गरी बुंगमती मछिन्द्रबहाल स्थीत मन्दिरमा बिराजनमान गराइन्छ । करुणामय लाई उक्त मन्दिरमा बिराजमान गराइएको चौथो दिनमा ( प्यनु बिचा ) अर्थात चार दिनको हेरबिचार सोध खबर गर्न जाने भनी पाटन लगायत अन्य स्थानका असंख्य भक्तजनहरु बुंगमती स्थीत करुणामयलाई दर्शन भक्तीभाव गर्न जान्छन । यसरी नेपालको  महत्वपुर्ण सबैभन्दा लामो मानीएको जात्रा समाप्त हुन्छ भने पानेजुहरुले करुणामय तथा भैरवनाथ लाई गरिने बिभिन्न पुजाहरु बर्षभर चलिनैरहन्छ ।
श्री करुणामयको  रथ जात्रा बाह्र बर्षमा एकचोटी बुंगमतीमा रथ बनाई बुगमतीबाट रथ तानी पाटनमा ल्याई साबिक बमोजिमको जात्राहरु गरी बुंगमतीको जावलाखेलमा लगी भोटो देखाई उक्त स्थानबाट खतमा राखि जात्रा गरी मन्दिरमा बिराजमान गराइन्छ । बाह्र बर्षे रथजात्रामा पाटनको जावलाखेल र बुंगमतीको जावलाखेलमा गरी गरी दुई पल्ट भोटो जात्रा हुन्छ । बाह्रबर्षे जात्रा अन्र्तगत करुणामयको रथलाई नख्खु खोला तार्ने जात्रामा पनि बिशेष महत्वका साथ उल्लेख्य मात्रामा दर्शनार्थीहरुको उपस्थिती रहन्छ ।

No comments:

Post a Comment