Friday, May 12, 2017

श्री जटाधारी लोकेश्वर

श्री जटाधारी लोकेश्वर ललितपुर पाटनको एक प्रमुख देवटाको रुपमा मानिन्छन । श्री करुणामय रातो मछिन्द्रनाथको रथ जात्रा संगै यसको रथ जात्रागरिन्छ । यस जटाधारी लोकेश्वर बारेमा संक्षेपमा यस प्रकारको किंम्वदन्ती पाइन्छ । द्रापर युगको अन्तिम बेलामाश्री मति देशमान्यायप्रेमीधर्मात्मा राजा बृष देवले शासनगर्दथ्यो । अचानक राजालाई अज्ञात रोग लागेछ । त्यस समयमायमदुतहरुले राजाको प्राण हरेर यमलोकमालगिरहेको अबस्थामायमलोकको दक्षिण दिशातिर पापीहरुलाई नरक भोग गराई राखेको राजा बृषदेवले देखेछ । पहिले मनुष्यजुनीमादाननगरी कपटी भएकाहरुलाई पेट चाहीनिकै ठूलो हातखुट्टाहरु निकै सानाखाने मुखचाँहीसियो प्वाल जस्तो सानो गराई भोक प्यासले बेहालबनाई राखेको देखेछ । त्यस स्थानमा एक लोकेश्वर प्रकट भई आफ्नो दायाँबायाँहातकाऔलातथा जटा अर्थात केशबाट अमृत रुपीजलधारा निकालीतीपापीहरुलाई तृप्त गराई उद्धार गरेको देखेछ । यसै गरी तीलोकेश्वरले अन्यबिभिन्नपापीहरुलाई पनिबिभिन्नतरिकाबाट उद्धार गरेपछि यमदुतहरु सवै त्रसितभई यमराजलाई सवै कुराको जानकारी दिएछ । यमराजले ध्यान दृष्टिले हेरी जटाधारी लोकेश्वरले गरेको थाहापाई लोकेश्वर समक्षगई पुजाआजा स्तोत्र गरेपछि क्षणभरमै लोकेश्वर अन्र्तध्यान भएछ । यता बृषदेवलाई यमदुतहरुले ल्याएको देखेर यमराजले यस धर्मात्मा राजाको आयु सकेको छैन तिमीहरुले किनअसमयमै ल्यायौ यसको शरिर जलाउनु अघि नै छिटो फीर्ता लग भनेछ । उता राजाको मृत्युले शोकाकुलतथाअन्तिम संस्कारका सामानजोरजाम गरी सबै भाइभारदार जनसमुदायजम्माभई रहेको बेलायमदुहरुले आकाशमार्ग बाट आई प्राण प्रतिस्था गरेपछि राजा बृषदेव जिवित भएछ । यस घटना बाट सबैजनाअचम्मभई राजा संग यो कसरी भयो भनी सोधेछ ।
राजाले सब जनसमुदाय समक्षआफूले देखे भोगेको बृतान्त सुनाएछ । राजाको कुरा सुनीजनसमुदायले तपाईले देख्नु भएको लोकेश्वरको रुपको बयानगर्न आग्रह गरेपछि राजाले पद्यपाणी जटाधारी लोकेश्वरको मूर्ती बनाई दिएछ । सबै लोक जनले दर्शन गरी दरबारको चोकमा अनेक पुजा गरी स्थापना गरी दिएछ । यसरी लोकेश्वरको स्थापना गरी नित्य सेवागर्दा गदै कालगतिले निर्वाण भएछ । यस पछि उक्त देशमा राजाको भाई बालार्चनले राज्य संचालन गरेछ । बालार्चनले लोकेश्वरको भक्ती गरेपनि पूर्ण रुपमागर्न नसकेकाकारण देशमाकोप भएछ । बटुक भैरवले बिरालोको रुप लिई नवजातशिशुहरुलाई मुखले च्यापी रुखको हाँगाको कापमा राखेर आफू सहितबालकहरु समेत अलप गराइदिएछन । यसकारण जनताहरु त्रसितभई देश छोडेर गएछ । प्रजालोक नभएपछि आफू एक्लै मात्र बस्न मन नलागेकोले बालार्चन जटाधारी लोकेश्वरलाई बोकेर चक्रबर्ण महाबिहार चुक बहालमा बस्न थाले । जटाधारी लोकेश्वरलाई यस बिहारमा बस्न मन नभएकाले राजालाई सपनामातिमीले नित्यपुजा गरेको बखत एउटा भंगेरा आई चामलखानेछ र खाएपछि उडेर जहाँ बस्छ त्यहा मेरो लागीबिहार बनाई दिनु भनेछ । भोली पल्ट सपनामाभने जस्तै एउटा भँगेराले चामलखाई उत्तर दिशामाउडेर गई एउटा चउरमागई   एकछिन बसी उडेछ । यस स्थानमाचिन्ह राखी राजाले संम्पूर्ण बन्दोबस्त गरी मन्दिर निर्माण गराई लोकेश्वरलाई स्थापना गरीदिएछ ।भँगेरा रुप लिई बिहार बनाउनलगाएकोले यस देवतालाई चखुं बाहा देव ( नेवारीमाचखुंको अर्थ भँगेरा हो ) भनिएको हो । हालअपभं्रस भई चाक्वा द्यो , चोक्वा द्यो  भनिन्छ ।
यसपछि यस देवटाको रथजात्रा चलाएपछि देशमाचारै तर्फबाट फलिफाप भएछ । यसको धेरै कालखण्ड पछि पाटनमा करुणामय मछिन्द्रनाथ कामारुकामाक्षबाट ल्याई सकेपछि यहाँभएका सातवटा रथजात्राहरु हताई मछिन्द्रनाथको रथ जात्रामात्रचलाउनको लागी गुरु बन्धुदत्तबज्राचार्यले चैत्यमा देवटाहरुलाई आह्वानगर्दा सबै देवहरु राजीभई आएछन तर जटाधारी लोकेश्वरले क्रोधले चैत्यनै चर्काइ दिएछ । यो देखि बन्धुदत्त बज्राचार्यले जटाधारी लोकेश्वरको रथ जात्रा हटाउन नमिल्ने रहेछ भनी बुझी मछिन्द्रनाथको रथ भन्दा पहिले जटाधारी लोकेश्वरको रथ पहिले तान्ने त्यसपछि मात्र करुणामयको रथ तान्ने हिसावले रथ जात्रा चलाएछ ।

No comments:

Post a Comment